झापा, ७ मंसिर । नेकपा (एमाले) प्रदेश कमिटी सचिव तिलचन पाठक (चिन्तन) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
झापा क्षेत्र नम्बर २ (२) मा राप्रपासँग चुनावी तालमेल गरी उम्मेदवार बनेका पाठकले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८४० मतान्तर पराजित गरेका हुन् । मैनाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए ।
पाठकले २० हजार १ सय ८४ मत प्राप्त गरेका छन् भने मैनाली १६ हजार ३ सय ४४ मत ल्याएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार अनिरुद्र तिम्सिनाले २६१४ मत ल्याएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ एमालेका देवराज घिमिरेको अग्रता कायम छ ।







