झापा, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका लिङ्देनले मनोनयन दर्तापछि मतदातासमक्ष देशको भविष्य सुरक्षित र समृद्ध बनाउन आफूलाई समर्थन गर्न आग्रह गरे।
उनले देशलाई बचाउने र बनाउने अभियानको हिस्सा बन्न मतदाताहरूलाई आह्वान गर्दै आगामी निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।







