झापा, ७ मंसिर । झापा क्षेत्र नं.३ को निर्वाचनमा राप्रपाका उम्मेद्वार राजेन्द्रप्रसाद लिङ्देनले नेपाली काँग्रेसका उम्मेद्वार कृष्णप्रसाद सिटौलालाई २ हजार ७ सय ७ ले पछि पार्दै अग्र स्थानमा रहेका छन् ।
झरेको मत मध्ये ३८ हजार ४६ मत गणना हुँदा लिङ्देनले १८ हजार १ सय ३४ मत प्राप्त गरेका छन् भने सिटौलाले १५ हजार ४ सय प्राप्त गरेका छन् ।







