झापा, ६ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तर बढाउँदै लगेका छन् । मंगलबार राति ९ः३० बजेसम्म भएको मत गणनामा लिङ्देनल १२ हजार ३१ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ९ हजार २ सय ६४ मत प्राप्त गरेका छन् । लिङ्देनले २ हजार ७ सय ६७ मतले अग्रता कायम गरेका छन् ।







