झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राप्रपका अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले बुधबार विहान ७ः३० बजे दिएको विवरण अनुसारलिङ्देनले १६ हजार ६ सय २५ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १३ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् ।
लिङ्देनले २ हजार ९ सय ४३ मतले अगाडि छन् । मत गणनाको आरम्भदेखि नै लिङ्देनले अग्रता कायम गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले १ हजार २ सय ८६ मत प्राप्त गरेका छन् ।







