झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् ।
राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का वसन्त बानियालाई एक हजार ६८ मतान्तरले पराजित गरेका हुन् ।
गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७५६ मत ल्याएका छन् भने राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका बानियाँले १९ हजार ७१८ मत प्राप्त गरेका छन् ।
राजवंशीले बानियाँसँग २०७४ सालको आम निर्वाचनमा हारको बदलासमेत लिएका छन् ।







