झापा, ७ मंसिर । झापा क्षेत्र नं ४ मा नेकपा एमालेका उम्मेद्वार एलपी साँवाले फराकिलो मतका साथ अग्रता कायम राखेका छन् ।
४९ हजार ९०९ मत गणना गर्दा साँवाले १८ हजार ५०६ मत ल्याएका छन् भने गठबन्धनका देउमान थेबेले १४ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्टिय स्वतन्त्र पार्टीका उम्मेद्वार शम्भूप्रसाद ढकालले ८ हजार ७ सय ९८ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।







