Logo

झापा-४ मा एमालेका साँवा निर्वाचित



झापा, ८ मंसिर । झापा क्षेत्र नं.४ मा प्रतिनिधिसभा सदस्यमा एमालेका लालप्रसाद (एलपी) साँवा निर्वाचित भएका छन् ।

उनले गठबन्धनका उम्मेदवार नेपाली  कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पराजित गरेका हुन् ।

बिहीबार मध्यान्ह सार्वजनिक अन्तिम मतपरिणामअनुसार निर्वाचित सावाँले २९ हजार ३ सय १५ मत पाएका छन् । निकटतम् प्रतिस्पर्धी थेवेले २२ हजार ४ सय ४८ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्