झापा, १० माघ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी माहोल थप सक्रिय बन्दै गएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भक्ति प्रसाद सिटौलाको समर्थनमा मतदाता अभियान तीव्र पारिएको छ।
“कसैलाई नहराइ देश जिताउने हाम्रो संकल्प, राष्ट्र बचाउने र राष्ट्र बनाउने हाम्रो अभियान” भन्ने नारासहित समर्थकहरूले घरदैलो तथा जनसम्पर्क कार्यक्रम विस्तार गर्दै मतदातालाई “हलो” चिन्हमा मतदान गर्न आग्रह गरिरहेका छन्।
अभियानका क्रममा सिटौलाले सुशासन, राष्ट्रिय पहिचान र भ्रष्टाचारविरुद्धको लडाइँलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले सक्षम, इमानदार र उत्तरदायी नेतृत्वमार्फत देशलाई स्थायित्व र विकासको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय मतदाताबीच राप्रपाको अभियानप्रति चासो बढ्दै गएको जनाउँदै समर्थकहरूले आगामी दिनमा कोणसभा, छलफल कार्यक्रम र युवा केन्द्रित भेटघाटलाई थप तीव्र बनाउने बताएका छन्।







