झापा, ९ मंसिर । झापा ४ (१) मा नेकपा एमालेका राधाकृष्ण खनाल प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका झलकबहादुर मगर दर्लामीलाई खनालले एक हजार ५८० मतान्तरले पराजित गरेका हुन् ।
खनालले १३ हजार ९५१ मत पाउँदा दर्लामीले १२ हजार ३७१ मत पाएका छन् ।







