Logo

झापा-५ : एमाले अध्यक्ष ओलीको जित निश्चित



झापा, ७ मंसिर । झापा-५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ ।

८५ हजार ६ सय ५९ मत गणना सकिँदासम्म ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धका कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् ।

उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो । अब, १३ हजार ३ सय ८६ मत गणना बाँकी छ । तर, ओलीले अधिकारीभन्दा २३ हजार ६ सय ५९ मतान्तरको अग्रता बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्