दमक, २६ असोज । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका झापा क्षेत्र नं.५ का सात जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
उक्त क्षेत्र नं ५ मा प्रतिनिधिसभा निर्वाचनतर्फ दुई जना तथा प्रदेश ‘क’ मा एक जना र ‘ख’ मा चार जना गरी सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधिसभा निर्वाचनतर्फ सुलोचन राजवंशी र विष्णुप्रसाद सिग्देल रहेका छन् ।
त्यसैगरी झापा-५ प्रदेश ‘क’ बाट इन्द्रबहादुर न्यौपाने तथा प्रदेश ‘ख’ बाट बेदनिधी गौतम, दिपेन्द्र तिवारी, राजन चापागाईं र वासुदेव भट्टराई रहेका छन् ।
आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेगरी समय तोकिएको थियो । आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दैछ ।