Logo

झापा ५ मा एमाले अध्यक्ष ओली दोब्बर मतले अगाडि



झापा, ५ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झापा क्षेत्र नं ५ मा (नेकपा) एमालेका उम्मेदवार केपी शर्मा ओली पराकिलो मतान्तर कायम राखेका छन् ।

गणना भएको कूल सदर मत ७ हजार ५५३ मतमा एमाले अध्यक्षसमेत रहेका ओलीले ४ हजार १ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डा खगेन्द्र अधिकारीले २ हजार १९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सय ८८ मत प्राप्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्