झापा, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ मा लागभग दोब्बर मतले अगाडि भएका छन् । नेपाली काँग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका डा. खगेन्द्र अधिकारी भन्दा लगभग दोब्बर मतले अगाडि देखिएका छन् ।
कुल ४० हजार ४ सय ५५ सदर मत गणना हुँदा अध्यक्ष ओलीले २१ हजार १ सय ६७ मत प्राप्त गरेका छन् भने डा. अधिकारीले १२ हजार ६६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेले ४ हजार ४ सय ९६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







