मोरङ, १५ जेठ । झारफुक गर्ने बहानामा बालिकामाथि दुर्व्यवहार गरेको आरोमा विराटनगरमा युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार महानगरको वडा नम्बर ६ मा बसोबास गर्दै आएका सिरहाका ३५ वर्षीय महमख साविर मलाबीलाई पक्राउ गरिको हो।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार विगत ३ वर्ष अघिदेखि सोही वडामा दिदीसँग भाडाको कोठामा बस्दै आएकी १५ वर्षीया बालिकामाथि बेहोस हुने, डराउने, आत्तिने घटना हुनथालेपछि उपचारका लागि अस्पताल पुगेकी थिइन् ।
अस्पतालको उपचारबाट निको नभएपछि गएको ५ महिनादेखि पीडित बालिका आफन्तको सरसल्लाहमा सोही वडामा रहेका मलाबी साविरसमक्ष झारफुकका लागि निरन्तर पुग्दै आएकी थिइन्। सोही क्रममा गएको तीन महिनादेखि झारफुक गर्दै आएका साविरले बालिकामाथि दुर्व्यवहारगर्दै आएको पीडितको भनाइ छ ।
त्यसैगरी, पछिल्लोसमय उपचारका लागि ती पीडित परिवारसँग साविरले थप ७० हजार रुपैयाँसमेत माग गरेको बालिकाकी दिदीले जानकारी दिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता जोशीका अनुसार गत चैत्र १७ गते झारफुक गर्दै आएका साविरले पीडित बालिका बसोबास गर्दै आएको घरमा राति करिब १० बजे उपचारका लागि पुगेर अलग कोठाको ब्यवस्था गर्न माग गरेका थिए ।
बालिकाको दिदीले सोही अनुसार कोठामा दिएपछि उपचारका लागि साविरले कोठाभित्र करिब आधा घण्टा राखेका थिए । त्यसपछि, सो चल्दै आएको थियो ।
यसैबीच, जेठ १३ गते राती बालिकाले उपचारपछि रुदै दिदीलाई मलाबी साविरले गर्दै आएको घटना सुनाएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार रातिको समय उपचारका नाममा साविरले बालिकाको संवेदनशील अंग छुने, दुर्व्यवहार गर्ने गरेको पीडित बालिकाले बताएकी थिइन् । सो घटनापछि पीडित बालिका र उनकी दिदीले प्रहरी समक्ष साविरविरुद्ध उजुरी दिएको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।
प्रहरीले साविरलाई पक्राउ गरी बालबालिका सम्बन्धी बाल यौन दुर्व्यवहार कसुरमा मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको मोरङका प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।