पाल्पा, २१ पुुस । पाल्पाको पूर्वखोला गाउँपालिका-३ कमेरेमा टयाक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।
बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको टयाक्टरबाट खसेर पूर्वखोला-३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
टयाक्टरको ट्रलीमा सवार सारु एक्कासि सडकमा खस्दा सोही टयाक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८:३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो ।






