टर्की, ४ भदौ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा बस र एम्बुलेन्स एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।
“गाजियान्टेप-निजिप सडक खण्डमा बस र एम्बुलेन्स एक आपसमा जुझ्दा उक्त दुखद् घटना भएको छ,” गाजियान्टेप प्रान्तका गभर्नर दावुत गुलले भने । उनले दुर्घटनामा १५ जनाको मृत्यु भएको र २२ जना घाइते भएको पुष्टि गरेका छन् ।
समाचार एजेन्सी डीएचएका अनुसार एम्बुलेन्स बारूण यन्त्र र पत्रकार चढेको बसलाई यात्रुबाहक बसले ठक्कर दिएको थियो ।
“मृत्यु हुनेमा तीन अग्नि नियन्त्रक, दुई अग्नि नियन्त्रक र दुई पत्रकारसमेत रहेका गभर्नरले बताए । दुर्घटनामा घाइते भएका केही व्यक्तिलाई सामान्य उपचारपछि घर पठाइएको छ भने सख्त घाइते भएका केहीको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।