Logo

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ४३ सय नाघ्यो



टर्की, २४ माघ । सिरियाको सीमा नजिकै टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुने र घाइतेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको मृत्यु भएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।

बिहान उज्यालो भएपछि खोजी कार्यले तीव्रता पाएको र विभिन्न देशबाट प्रविधिसहितका विशेषज्ञ आएर खोज्ने क्रम सुरु भएकोले ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको हो ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ज्यान गुमाउनेको सङ्ख्या अहिले पुष्टि भएको सङ्ख्याको आठ गुणासम्म बढ्ने बताएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् ।

वर्षासहित हिउँ परिरहेकाले खोजी कार्यमा समस्या भइरहेको छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् । दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरु घाइतेले भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्