Logo

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो



टर्की, २४ माघ । सिरियाको सीमा नजिकै टर्कीमा सोमवार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या पाँच हजार जना नाघेको छ ।

टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक हजार छ सय जना गरी पाँच हजार एक सय जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

२० हजार जना घाइते भएका छन् । दुवै देशमा गरेर हजारौँ साना घर र सात हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्पका कारण दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेका बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्