Logo

टर्की भूकम्प: बाइस हजारभन्दा बढीको मृत्यु



इस्तानबुल, २७ माघ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।

टर्कीको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील गरेको छ ।

उद्धारकर्मीहरूका अनुसार टर्कीमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन्भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् ।

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्