हेटौंडा, २२ वैशाख । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रीकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
लगातार तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ ले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।
नेपाली टीम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा, प्रतिश जिसी र सागर ढकाल ।