Logo

टाइगर कप महिला भलिबल: गण्डकीलाई हराउँदै एपीएफ फाइनलमा



पोखरा, १२ माघ । साविक विजेता नेपाल एपीएफ क्लब पोखरामा चलिरहेको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरी एपीएफ लगातार तेस्रोपटक उपाधि नजिक पुगेको हो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको खेलको पहिलो सेट एपीएफले २५-१३ ले, दोस्रो सेटमा २५-१७ र तेस्रो सेट २५-२१ ले जितेको हो । अब एपीएफले उपाधिका लागि आर्मी र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लबको विजेतासँग खेल्नेछ ।

गएको आइतवारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता छ । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्