Logo

टावरमा रहेको अरिँगालले विद्युत् जडान गर्न दिएन



काठमाडौँ, ८ असोज । अरिँगालको गोलोका कारण काठमाडौँको मातातीर्थ-हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको छ ।

मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न नसकिएको काठमाडौँ ग्रिडका प्रमुख विनोद लोहनीले जानकारी दिए ।

अरिँगाल पोल्नको लागि उनले मान्छेको समेत खोजी गरेका छन् । अहिलेसम्म धेरैजना सम्पर्कमा आए पनि टावर अग्लो भएको कारण पोल्न नसकिने बताएको उनले बताए ।

‘धेरैले सम्पर्क गरे पनि सकिन्न भन्दै फर्किए, अहिले २ जना सम्पर्कमा आएर रातिको समयमा पोल्ने भनेका छन्, आशा छ राति अरिँगाल पोलेर भोलि बिहान तार जडानको काम सुरु हुन्छ होला ।’ लोहनीले भने ।

प्रतिक्रिया दिनुहोस्