काठमाडौँ, १ जेठ । पूर्व सभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई ‘अवसरवादी’को संज्ञा दिएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै रायमाझीलाई अवसरवादी भनेका हुन् । ‘टोपबहादुर रायमाझी अवसरवादी मान्छे हो । कस्तो मान्छे हो त्यो । बाहनाबाजी गरेर सधैँ दिल्लीमा बस्थे,’ सापकोटाले भने ।
उनले आफूले प्रधानमन्त्रीलाई भ्रष्टाचाविरुद्ध अघि बढ्न आग्रह गरेको पनि बताए । नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । उनी पूर्वमाओवादी नेतासमेत हुन् ।





