Logo

टिआरसी विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्छौंः प्रधानमन्त्री ओली (भिडिओ)



काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय (टिआरसी) विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ ।

मंगलवार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रतिनिधि सभामा पेश गरिएको सो विधेयकबारे बुधवार (भोलि) राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राख्ने कार्यसूचि तय गरिएको छ ।

प्रधानमन्त्री ओलीले नेताहरुले आफ्नो धारणा राखेपछि २ दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताउनु भयो । उहाँले सो विधेयक संसदबाट पारित हुनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सो विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबी समेत गर्नुभयो ।

उहाँले सो विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेको र त्यसलाई सफलताका साथ अघि बढाउने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले संक्रमणकालिन न्यायलाई सफलतापूर्वक अघि बढाउन नेपालले वाह्य नक्कल गरिरहन आवश्यक नभएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्