Logo

टिपरको ठक्करबाट चिकित्सकको मृत्यु



झापा, १२ भदौ । मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको मृत्यु भएको छ ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व-पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो ।

डा यादव सवार प्र १-०२-०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र-३-००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा उनी घाइते भएपछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका-११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर हस्पिटलको ड्यिुटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्