Logo

टिपरको ठक्करबाट दुई युवाको ज्यान गयो



दाङ, ३० मङ्सिर । दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको ज्यान गएको छ ।

तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई गएराति घोराही-१० झारबैरा चोकमा ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका प्युठानको झिमरुक गाउँपालिका-४ बाङ्गे बस्ने १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका-लुङका १८ वर्षका सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्