Logo

टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते



झापा, १ असोज । झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तरगत कनकाई नगरपालिका-४ स्थित माई खोलाको पुलमा पूर्वतर्फ जाँदै गरेको प्रदेश ०३-००१ क ००-१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेल र पछाडि सवार उनकी श्रीमती ४० वर्षीया गीता पौडेल गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा मोटरसाइकल चालक पौडेललेको उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्