Logo

टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु



लमजुङ, १५ जेष्ठ । लमजुङको मध्यनेपाल नगरपालिकामा आइतवार दिउँसो टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ

दुर्घटनामा टिपर चालक धादिङको गजुरी गाउँपालिका-६ का विनोद घिमिरे, गोरखा नगरपालिका-१२ का रविन्द्र सेढाइँ, तनहुँको व्यास नगरपालिका-७ का ४५ वर्षीय उत्तम न्यौपाने र सल्यानको कुमाख गाउँपालिकाका पारश शाह रहेका छन् ।

मध्यनेपाल ७ सीतीखोलाको कल्याणबेसीबाट बतासे चोक जाँदै गरेको ढुङ्गा बोकेको बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्