काठमाडौँ, २८ वैशाख । काठमाडौँको कलंकीमा भएको दुर्घटना एक जनाको मृत्यु भएको छ ।
आज बिहान ३ बजे बा ५ ख ७३४५ नम्बरको टिप्परको ठक्करबाट बा ८० प ६३७३ नम्बरको मोटरसाइकलका चालक धादिङका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पतालमा बिहान उपचारका क्रममा ज्यान गएको हो ।