कस्तो महसुस भइरहेको छ ?
खुसी लागेको छ । दुईमा दुई नै जितेका छौं र ४ अंक भएको छ । यो राम्रो जीत हो । विशेष गरेर २४० रनको लक्ष्य भेट्टाउनु । ‘आई थिंक विकेट प्लेड भेरी वेल ।’ अब पहिलो इनिङमा मौकाहरु पनि गुमायौं । त्यसको मूल्य चुकाउनु पर्यो ।
हाफ टाइममा हामीलाई थाहा थियो कि दुई तीन व्याट्सम्यानले टाउको तल राखेर ब्याटिङ गर्यो भने सम्भव छ । हृयाट्स अफ शरद फेरि एक पटक फर विनिङ रन । जितेको खुसी छौं ।
३१ बलमा १४ रन चाहिएको थियो । तर, अन्तिममा ६ बलमा ६ रन चाहिने अवस्था आयो । के भयो ?
मलाई थाहा छैन । क्राउडका लागि एक्साइटमेन्ट जस्तो भयो । तर, हामी धेरै नर्भस थियौं । मलाई लाग्छ, गेम प्लान अनुसार काम भएन । तर, जबसम्म जित्छौं, ठीक छ । तर, यति क्लोज नजाओस् अर्को पटक ।
आफ्नो शतकबारे के भन्नुहुन्छ ?
राम्रो महसुस भइरहेको छ । दुईवटा क्याच छाडेको थिएँ, त्यसैले मैले यो गर्नु थियो । यो खेलै यस्तै हो कि हाम्रो व्यक्तिगत प्रदर्शन राम्रो भो । अघिल्लो खेलमा विनोद र शरदले राम्रो गरे । आज फेरि शरदले राम्रो गरे । ज्ञानु र नरेशले सानो आधार भए पनि दिइरहेका छन् सुरुमा । जुन सर्ट थियो, आज त्यो बलरहरुका लागि सजिलो थिएन किनकि खासै धेरै टर्न थिएन र ब्याटमा आइरहेकोे थियो । त्यसैले हामीले २४० भेट्टाउन सक्यौं तर, हामीले सुधार गर्नुपर्छ । ब्याटिङ युनिटमा आज मैले जीतका लागि योगदान गर्न सकेँ । यसमा खुसी छु ।
शतक हान्दाको अनुभव ?
अन्तिम पटक शतक हान्दा हामी हारेका थियौं । यो पटक डर पनि लागेको थियो कि मैले शतक हान्यो भने हार्ने हो कि भनेर । थ्याङ गड, हामीले जित्यौं । टिमले दुई अंक पाएको छ, त्यसका लागि हामी खुसी छौं । यो चार अंकबाट हामी अगाडि बढ्नु छ ।
पारस, रिभर स्वीप आवश्यक थियो ?
मलाई लाग्यो, म लाइनभन्दा बाहिर छु । क्लाल्कुलेटिभ रिस्क थियो । यदि खेल हाम्रो पक्षमा नआएको भए मलाई पश्चाताप हुने थियो । मैले त्यो सर्टका लागि मूल्य चुकाउनुपर्ने थियो ।
यो जीतपछि विश्व क्रिकेट लिग च्याम्पियानसीपमा के भो ?
मलाई लाग्छ हामी पाँचौं भयौं । यो सुरुवात मात्र हो । अब टप ४ मा जसरी भएपनि पुग्नुछ हामीलाई । अर्को खेल अगष्टमा नेदरल्याण्डमा छ, त्यसैले सजिलो छैन । उनीहरु राम्रा छन् । त्यसैले अबको दुई तीन सातापछि नै तयारी सुरु गर्नुपर्छ । आशा गयौं, यो मोमेन्टमलाई जारी राख्न सक्यौं ।
टप ४ मा पर्ने सम्भावना कति छ ?
सजिलो हुने छैन । तपाईँले नामिबियाको ब्याटिङ हेर्नु भो । त्यसैले कुनै पनि खेल सजिलो छैन । हरेक राउण्डमा हामीले राम्रो खेल्नै पर्छ ।
अनलाईन खबरबाट