Logo

टि-ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्यो



काठमाडौँ, १५ भदौ । टि-ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा रहेको छ ।

केन्या विरुद्धको पाँच खेलको टि-ट्वान्टी सिरिजको उपाधि जितेता भए पनि नेपालको वरीयता भने खस्कियो । मङ्गलबार सम्पन्न उक्त सिरिज नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।

टी-ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो तथा पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्