अर्घाखाँची, २१ असोज । अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
सन्धिखर्क नगरपालिका-७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।
दसैँको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
बेपत्ता बालकको खोजीका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।






