काठमाडौँ, २० जेठ । टी२० विश्वकप उद्घाटन खेलमा क्यानडाले अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो ।
क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ६१ रन जोडे । निकोलस किर्तोनले ५१, आरोन जोनसनले २३, पर्गत सिंहले ५, दिलप्रीत बाज्वाले ५,श्रेयास मोभ्भाले ३२ र डिलोन हेलिगरले १ रनको योगदान दिए ।
बलिङमा अमेरिकाका अलि खान, हर्मित सिंह र कोरे एण्डरसनले एकएक विकेट लिए ।
अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो ।
पहिलो आज दिन दुई खेल हुनेछन् । पहिलो दिनको दोस्रो खेल अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजी) बीच हुनेछ । पीएनजी छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो ।
वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ । खेल गुयनामा खेलिने छ । विश्वकपको नवौँ संस्करणमा नेपाल समूह ‘डी’ मा परेको छ ।
नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।