Logo

टी–२० आई सिरिज: नेपाललाई कुवेतले दियो १८६ रनको लक्ष्य



काठमाडौं, २८ चैत । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १८६ रनको लक्ष्य पाएको छ ।

टस जितेर कुवेतलाई ब्याटिङको निम्तो दिएको थियो । कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन जोड्यो ।

नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधवार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो भने बुधवार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस्तै, सिरिजको दोस्रो खेलमा बुधवार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्