काठमाडौं, २५ जेठ। टी-२० बिश्वकप क्रिकेटमा अमेरीकाले पाकिस्तान माथी सुपर ओभरमा ऐतिहासीक जीत हात पारेको छ ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रनका रूपमा उपहार दिएका थिए ।
यसअघि पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ बनाएको थियो । दुवै टोलीको स्कोर समान भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
यो विश्वकपमा सुपर ओभरबाट खेलको निर्णय भएको दोस्रो अवसर हो । यसअघि गत जेठ २१ गते समूह बी अन्तर्गत नामिबिया र ओमानबिचको खेल सुपर ओभरमा पुगेको थियो । उक्त खेलमा नामिबिया विजयी बनेको थियो ।