Logo

टी-२० विश्वकपः पपुवा न्यूगिनी विरुद्ध युगान्डाको कठिन जित



काठमाडौं, २४ जेठ । आइसीसी टी-२० विश्वकप क्रिकेटमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको छ ।

प्रोभिडेन्स स्टेडियममा भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले हराउँदै विजयी भएको हो । ७७ रनको सामान्य लक्ष्य पछ्याएको युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

युगान्डाका लागि रियाज्त अलि शाहले ५५ बलमा एक चौकासहित सर्वाधिक ३३ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको थियो ।

हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन थियो । लेगा सिआका र किप्लिन डोरीगाले १२/१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २/२ र ब्रायन मसाबाले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्