Logo

टी–२० विश्वकप : ओमानमाथी अस्ट्रेलियाको सहज जीत



काठमाडौं, २४ जेठ । टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको छ । १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि आयान खानले ३० बलमा सर्वाधिक ३६ रन बनाए । त्यस्तै, मेहरान खानले १६ बलमा २७ रन जोडे । कप्तान अकिब इलियासले १८ बलमा १८ रनको योगदान दिए । शकिल अहमदले १० बलमा ११ रन जोडे ।

खेलमा अलराउन्ड प्रदर्शन गरेका मार्कस स्टोइनिसले ३ ओभर बलिङ गर्दै ३ विकेट लिए । टी-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक र तीन विकेट लिने मात्र तेस्रो खेलाडी बने ।

नाथन इलिस, एडम जाम्पा र मिचेल स्टार्कले २–२ विकेट हात पारे । जाम्पाले टी-२० क्रिकेटमा ३ सय विकेट पूरा गरेका छन् ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । टोलीका लागि ओपनर डेभिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतकीय इनिङ्स खेले ।

स्टोइनिसले विस्फोटक इनिङ्स खेल्दै मात्र ३६ बलमा ६७ रन जोडे ।  त्यस्तै, भेटरान खेलाडी वार्नरले ५१ बलमा ५६ रनको योगदान दिए ।  कप्तान मिचेल मार्सले २१ बलमा १४ रन तथा ट्राभिस हेडले १० बलमा १२ रन बनाए । ओमानका लागि मेहरान खानले २ तथा बिलाल खान र कलिमुल्लाहले १–१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्