काठमाडौँ, ३० जेठ । टी–२० विश्वकपमा भारतले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राति भएको समूह ए अन्तरगतको खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारतले विजयी यात्रा कायम राखेको हो ।
अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । विराट कोहली गोल्डन डक भए भने कप्तान रोहित शर्मा ३ रन बनाएर पभिलियन फर्किए ।
त्यसपछि ऋषभ पन्त र सूर्यकुमार यादव मिलेर भारतको इनिङ्स सम्हाले । पन्त २० बलमा १८ रन बनाउँदै आउट भए ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो ।
भारतका लागि अर्शदीप सिंहले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले १ विकेट हात पारे ।