Logo

टी–२० विश्वकप श्रीलंकाको लगातार दोस्रो हार, बंगलादेश २ विकेटले विजयी



काठमार्डौ, २६ जेठ । टी–२० विश्वकपमा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको रोमाञ्चक खेलमा श्रीलंका बंगलादेशसँग २ विकेटले पराजित भएको हो ।

जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए । विकेटकिपर लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।

श्रीलंकालाई ठुलो स्कोर बनाउनबाट रोक्न रिसाद होसेन र मुस्तफिजुर रहमानले कसिलो बलिङ गरे । रहमान र होसेनले समान ३/३ विकेट लिए । त्यस्तै, तास्किन अहमदले २ विकेट लिए ।

श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए । उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाए । चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे ।

भेटरान खेलाडी एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए भने कुशल मेन्डिसले ८ बलमा १० रनको योगदान दिए ।

प्रतिक्रिया दिनुहोस्