Logo

टी–२० विश्वकप २०२६ का लागि क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा



काठमाडौं, ६ पुष । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी मेन्स टी–२० विश्वकप २०२६ का लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुनेछ। नेपाल इङल्यान्ड, बंगलादेश, इटाली र वेष्ट इण्डिज रहेको समूहमा परेको छ।

नेपालले फेब्रुअरी ८ मा इङल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। विश्वकपको तयारी क्याम्प सोमबारदेखि सुरु हुनेछ।

प्रतियोगितामा २० टोली सहभागी छन्, जसलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्