होबार्ट, २ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा आयरल्यान्डले स्कटल्यान्डलाई हराएको छ ।
होबार्टमा भएको खेलमा आयरल्यान्डले स्कटल्यान्डलाई छ विकेटले हराएको हो ।
स्कटल्यान्डको दिएको एक सय ७७ रनको लक्ष्य आयरल्यान्डले छ बल बाँकी छँदै भेटायो । उसका कर्टिस क्याम्फेरले ७२ र जर्ज डोक्रेलले ३९ रन बनाए । दुवै खेलाडी नटआउट रहे । बलिङतर्फ स्कटल्यान्डका मार्क वाट, ब्राड ह्वेल सफयान शरिफ र माइकेल लिस्कले एक-एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७६ रन बनाए । उसका माइकल जोनेसले ८६ रन बनाए । बलिङतर्फ आयरल्यान्डका कर्टिस क्याम्फेरले दुई विकेट लिएका थिए ।