Logo

टी-२० सिरिज : अमेरिकाविरुद्ध नेपाल ब्याटिङमा, दुवै टिमलाई इतिहास रच्ने मौका



काठमाडौं, २ कार्तिक । अमेरिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यी दुई टोलीबीचको खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा भइरहेको हो ।

नेपाल र अमेरिका आइसिसी विश्वकप लिग–२ को तयारीस्वरूप टी–२० सिरिज खेलिरहेका हुन् । अमेरिकासँग खेल्नुअघि नेपाली टिमले क्यानडामा लिग–२ र त्रिकोणात्मक टी–२० सिरिजका साथै क्यानडा ‘ए’ सँग अभ्यास म्याच खेलेको थियो ।

क्यानडा भ्रमणमा नेपालले अपेक्षाकृत नतिजा भने निकाल्न सकेन । अभ्यास श्रृंखला जिते पनि नेपालले लिग–२ र टी–२० सिरिजमा आशातीत प्रदर्शन गर्न नसकेको हो । नेपाली टिम अब पहिलो टी–२० आईमै जित निकालेर अमेरिका भ्रमणको सुखद सुरुवात गर्न चाहन्छ ।

यद्यपि अमेरिकालाई उसकै मैदानमा हराउन नेपाललाई सहज हुने छैन । किनकी पछिल्लो समय अमेरिका उच्च लयमा छ । ऊ घरेलु मैदानमा पनि खेल्दैछ । साथै, नेपाल टी–२० श्रृंखला प्रमुख बलर सन्दीप लामिछानेबिना खेल्दैछ ।

हालसम्म नेपाल र अमेरिकाले टी–२० आईमा एकअर्काको सामना गरेका छैनन् । शुक्रबार दुवै टिम पहिलो टी–२० आई भेटमै जित निकालेर इतिहास रच्ने योजनामा हुने छन् । नेपाल र अमेरिकाले ओडिआई फर्म्याटमा भने ६ खेलमा एकअर्काको सामना गरिसकेका छन्, जसमा नेपालले तीनमा जित निकाल्दा दुई खेलमा पराजय बेहोरेको छ ।

यी दुई टिमबीचको एउटा ओडिआई भने ड्र भएको छ । हाल आइसिसी टी–२० वरीयतामा अमेरिका १७औँ र नेपाल १८औँ स्थानमा छ । यदि यस श्रृंखलामा राम्रो प्रदर्शन गरेमा नेपालले वरीयतामा पनि सुधार गर्नेछ ।

पहिलो खेलमा नेपालको प्लेइङ–११ : 

प्रतिक्रिया दिनुहोस्