Logo

टुंगिएन उम्मेदवारको राजीनामाको विषय



काठमाडौँ, १ बैशाख । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उठ्ने जनप्रतिनिधि उम्मेदवारले राजीनामा दिने आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै वैशाख ४ मा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

न्यायाधीशहरू तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने बुधबार आदेश जारी गरेको हो ।

निर्वाचन आयोगले सर्वोच्च अदालतले चैत ८ मा दिएको अल्पकालीन अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेटको निवेदन दर्ता गरेको थियो । यसअघि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आयोगले तयार गरेको आचार संहितामा राजीनामाको विषय यथावत् राख्न मंगलबार अल्पकालीन अन्तरिम आदेशसहित कारण पनि माग गरेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्