Logo

टुकुचामाथि निरन्तर डोजर: पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै



काठमाडौँ, २ असोज । काठमाडौँ महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन् ।

काठमाडौँ महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौँ प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन् ।

तीमध्ये जय नेपाल हाल, त्यससंगै रहेको दुईवटा भवन, काठमाडौँ प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन् । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्