Logo

टुकुचा खाेला खाेज्ने महानगरकाे अभियान राेकिएन



काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ ।

सोमवार पनि महानगरपालिकाको टोलीले हात्तीसार-कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।

टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो ।

उत्खननस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौँ महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए । उनले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्