Logo

‘टुटल’ का संस्थापक भट्ट पक्राउ



काठमाडौँ, २० पुस । प्रतिलिपि अधिकार उल्लङ्घन र आपराधिक विश्वासघात गरेको आरोपमा राइड शेयरिङ एप ‘टुटल’ का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । प्रहरीले भट्टलाई ‘टुटल’ सम्बन्धी नै मुद्दामा गए राति पक्राउ गरेको हो ।

उनीविरुद्ध कम्पनी आफ्नो बनाउन जालसाजी गरेको आरोपसहित उनका प्रारम्भिक व्यावसायिक साझेदारले नै मुद्दा दर्ता गरेका काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलले बताए । त्यसपछि उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।

राइड शेयरिङ एप ‘टुटल’ नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएको थियो । तर पठाओसहितका अरू राइड शेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल केही महिनाअघि पुन: सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्