Logo

टेक्ससमा लरीभित्र कम्तिमा ४० जना मृत अवस्थामा फेला



अमेरिका, १४ असार । अमेरिकाको टेक्ससको सान एन्टोनियो भन्दा केही पर एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार फरक-फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको छ ।

सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रक आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ । केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको थियो ।

उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएको छैन । सो लरीका चालक फेला परेका छैन् । न्यूयोर्क टाइम्सका अनुसार प्रहरीले चालकको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्