Logo

टेलिकमकी निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा, ३३ करोड ४८ लाख बिगो मागदाबी



काठमाडौं, २५ जेठ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्तियारले टेलिकमको बिलिङ प्रणाली लगायतका प्राविधिक र प्रशासनिक काममा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा हालेको हो ।

आयोगले उनीहरूबाट करिब ३३ करोड ४८ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ ।

विशेष अदालत स्रोतका अनुसार मुद्दा दर्ताको प्रक्रिया अघि बढिरहेको छ तर हालसम्म दर्ता भइसकेको छैन ।

प्रतिवादी सूचीमा टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल पनि परेका छन् । भ्रष्टाचार र अकुत सम्पत्ति प्रकरणमा मुछिएपछि पौडेल निलम्बनमा परेका थिए ।

त्यसपछि सरकारले २०८१ सालको भदौमा संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो ।

टेलिकमको भित्रि प्रणालीमा देखिएको अनियमितता र सोहीमार्फत भएको भनिएको आर्थिक अपचलनसम्बन्धी अनुसन्धानपछि अख्तियारले सो मुद्दा अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्