Logo

टेस्ट क्रिकेटबाट कोहलीले लिए संन्यास



काठमाडौं, २९ बैशाख । भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।

कोहलीले इंग्ल्यान्डसँगको पाँच खेलको टेस्ट सिरिजअघि संन्यास लिने निर्णय गरेका हुन्।

इंग्ल्यान्डसँगको टेस्ट सिरिज आगामी जुन २० देखि सुरु हुँदै छ। ३६ वर्षीय कोहलीले १ सय २३ क्रिकेट खेलमा ९ हजार १२० रन बनाएका छन्।

कोहलीले आफ्नो सामाजिक सञ्जालमार्फत संन्यास घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘मैले टेस्ट क्रिकेटमा निलो पहिरन लगाएको १४ वर्ष भइसक्यो। यो यात्राले मलाई यहाँसम्म लैजान्छ भनेर कल्पना समेत गरेको थिइन। यसले मलाई जीवनभरका लागि पाठ सिकाएको छ, यसलाई म सधैँ बोक्नेछु।’

 

प्रतिक्रिया दिनुहोस्